Kathmandu Press

उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने

काठमाडौं, भदौ ८ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा राति ८ः०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज भएको...
उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने
Hardik ivf

काठमाडौं, भदौ ८ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा राति ८ः०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८ः०० बजेसम्मको समयावधि हटाइएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारीसाधन सञ्चालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको जानकारी दिए। 

उनले साविक बमोजिमको भदौ १६ गतेसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भने कायमै रहेको बताए। साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ः०० बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने उल्लेख थियो ।

प्रकाशित मिति: १५:५८ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्