Kathmandu Press

सभामुख सापकोटाको दाँतको शल्यक्रिया

सभामुख सापकोटाको दाँतको शल्यक्रिया

काठमाडौं, भदौ ८ : सभामुख अग्निप्रसाद सापकोटाको आज दाँतको सामान्य शल्यक्रिया गरिएको छ। बिहान वीर अस्पतालको दन्त विभागमा उनको ‘माइनर ओरल सर्जरी’ गरी दायाँपट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो। 

सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार अस्पतालको दन्त विभाग प्रमुख डा शैली प्रधान, डा किशोर भण्डारीलगायत टोलीले जाँच पश्चात् शल्यक्रिया गरेको थियो। दाँतमा समस्या आएपछि एक महिनाअघि शल्यक्रियाका लागि उनले समय लिएका थिए। 

सभामुख सापकोटाले उपचार प्रक्रिया जारी रहेकाले अहिले निवासमै आराम गरिरहेका छन् । 

प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्