Kathmandu Press

कतार जान लागेका युवा ८ सय ग्राम गाँजासहित विमानस्थलबाट पक्राउ

काठमाडौं, भदौ ८ : लागूऔषध गाँजा बोकेर कतार जान लागेका एक व्यक्ति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।  लागुऔषध नियन्त्रण ब्युरोले कतार...
कतार जान लागेका युवा ८ सय ग्राम गाँजासहित विमानस्थलबाट पक्राउ

काठमाडौं, भदौ ८ : लागूऔषध गाँजा बोकेर कतार जान लागेका एक व्यक्ति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।  

लागुऔषध नियन्त्रण ब्युरोले कतार एयरवेजबाट मंगलबार बिहान साढे १० बजे दोहा जान लागेका चितवन खैरेनीका २७ वर्षीय राज पाडकलाई ८ सय ग्राम गाँजासहित पक्राउ गरेको हो । 

Hardik ivf

उनको लगेजभित्र ग्याष्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदिक औषधी उद्योग गोकर्णेश्‍वर १, काठमाडौं लेखिएको सिल गरेको बट्टाभित्र गाँजा लुकाई लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्युरो अनुसार पाडक वैदेशिक रोजगारी लागि कतार जान लागेका थिए। 

उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थल प्रहरीलाई बुझाइएको छ।

प्रकाशित मिति: १४:३५ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्