Kathmandu Press

पाँचथरमा भीरबाट लडेर मृत्यु एकको मृत्यु

पाँचथर, भदौ ८ : फिदिम नगरपालिकाका एक वृद्धको लडेर मृत्यु भएको छ।सोमबार मलाम गई फर्कने क्रममा वडा नं १४ स्थित बाँसबोटेको  भीरबाट खसेर वडा...
पाँचथरमा भीरबाट लडेर मृत्यु एकको मृत्यु

पाँचथर, भदौ ८ : फिदिम नगरपालिकाका एक वृद्धको लडेर मृत्यु भएको छ।

सोमबार मलाम गई फर्कने क्रममा वडा नं १४ स्थित बाँसबोटेको  भीरबाट खसेर वडा नं ८ घलेगाउँका ६५ वर्षीय पद्मबहादुर राईको मृत्यु भएको हो। 

उनी घर नआएकाले छोराले खोजी गर्दै जाँदा गोरेटो बाटोबाट खसेर १०० मिटर तल मृत अवस्थामा फेला पारेका थिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्