Kathmandu Press

भरुवा बन्दुकसहित एक जना पक्राउ 

काठमाडौं, भदौ ८ : प्रहरीले भरुवा बन्दुकसहित एक जनालई पक्राउ गरेको छ । जाजरकोट नलगाड नगरपालिका –८ कुसेनी बस्ने ३३ वर्षीय वीर बहादुर पुनलाई १...
भरुवा बन्दुकसहित एक जना पक्राउ 

काठमाडौं, भदौ ८ : प्रहरीले भरुवा बन्दुकसहित एक जनालई पक्राउ गरेको छ । 

जाजरकोट नलगाड नगरपालिका –८ कुसेनी बस्ने ३३ वर्षीय वीर बहादुर पुनलाई १ थान भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

Hardik ivf

अस्थायी प्रहरी पोष्ट मैदेबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित उनलाई पक्राउ गरेको हो। 
    
यस्तै म्याग्दीको मालिका गाउँपालिका–२ रुम घट्टेखोलास्थित सामुदायिक जंगलको पाखा झाडीबाट ८ थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। 

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उक्त झाडीमा वेवारिसे अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: १४:२० बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्