Kathmandu Press

टंकप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कारको घोषणा

काठमाडौं, भदौ ८ : संयुक्त राज्य अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता फाउण्डेशनले २०७७ सालको पत्रकारिता पुरस्कारको घोषणा गरेको छ। फाउण्डेशनका तर्फबाट टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट...
टंकप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कारको घोषणा

काठमाडौं, भदौ ८ : संयुक्त राज्य अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता फाउण्डेशनले २०७७ सालको पत्रकारिता पुरस्कारको घोषणा गरेको छ। 

फाउण्डेशनका तर्फबाट टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार जीवराम भण्डारीलाई पुरस्कृत गरिने भएको छ। पुरस्कारको राशि दुई हजार अमेरिकी डलर छ।

तीन दशक अघिदेखि पत्रकारितामा रहेका भण्डारी छापा माध्यमबाट पत्रकारिता शुरु गरेर हाल टेलिभिजनका चर्चित अन्तरवार्ताकारका रुपमा परिचित छन्।

Hardik ivf

सुशासन एवं भ्रष्टाचार बिरुद्ध कलम चलाउने तथा श्रव्यदृष्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई सो पुरस्कारद्वारा सम्मानित गरिदै आएको छ। एकदशक अघि स्थापित यो पुरस्कारबाट जीवेन्द्र सिंखडा, तीर्थ कोइराला, रविन्द्र मिश्र, शिव गाउँले, हरिबहादुर थापा, राजन शर्मालगायत सम्मानित भइसक्नु भएको छ।

यस वर्ष तीर्थ कोइरालाको संयोजनमा बरिष्ठ पत्रकार जिवेन्द्र सिंखडा, शिव गाउँले तथा फाउण्डेशनका प्रतिनिधि रहेको पुरस्कार छनौटसमिति गठन गरिएको थियो। 

अमेरिकामा रहेर व्यवसाय पेशामा संलग्न हेम पाठक र सरिता पाठकले फाउण्डेशनको स्थापना गरेका हुन्। टंकप्रसाद रमादेवी साधना पुरस्कार, टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कारकोभिड १९ ले उत्पन्न गरेको असामान्य अवस्थाका कारण हाललाई स्थगित गरिएको र स्थिती सामान्य हुनासाथ पुन सुरु गरिने फाउण्डेसनले जनाएको छ। 

२०७७ को हेम सरिता संगीत पुरस्कार र भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको घोषणा यस अघि नैं भइसकेको छ। घोषित पुरस्कारहरु उपयुक्त समय मिलाएर छिटै हस्तान्तरण गरिने छ।

फाउण्डेशनका अनुसार काठमाडौंको घुमारचोक स्थित उग्रतारा माध्यमिक विद्यालयको १२ कोठाको  भवन निर्माण र छात्रवृत्तिमा पनि सहयोग गरि बन्द हुने अवस्थाबाट जोगाएर दश बर्ष पछि समुदायलाई हस्तान्तरण गरि सकिएको छ।

सोही ठाउँका विपन्न परिवारको उत्थनका लागि करिब २० लाखको लागतमा आय आर्जनका काममा सघाउ पुर्याएको छ। यसैगरी झापाका १२ विद्यार्थीलाई विद्यालय शिक्षामा र बाजुराका ३ जना छात्रछात्रालाई छात्रवृत्तीमा ओभरशियर सम्मको अध्ययनमा सहयोग गर्दै आएको छ। 

प्रकाशित मिति: १२:५० बजे, मंगलबार, भदौ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्