लुम्बिनीको मुख्य न्यायाधीवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त
बुटवल, भदौ ८ : लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन्।प्रदेश सरकारले प्यूठानका सुवेदीलाई सोमबार प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त गरेको हो।सुवेदीलाई सोमबार उच्च...
बुटवल, भदौ ८ : लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन्।
प्रदेश सरकारले प्यूठानका सुवेदीलाई सोमबार प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त गरेको हो।
सुवेदीलाई सोमबार उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नीता गौतम दिक्षितले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गराएकी हुन्।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्तीलगायत सरकारका उच्च पदस्थ व्यक्तिहरुको सहभागितामा दिक्षितले सुवेदीलाई सपथग्रहण गराएकी थिइन्।
मुख्यमन्त्री केसी प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेलगत्तै उक्त सपथ ग्रहणमा सहभागी भएका थिए।
मुख्य न्यायाधिवक्ता सुवेदी यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोग तथा मानव अधिकारका क्षेत्रमा रहेर काम गर्दै आएका थिए।
प्रकाशित मिति: १२:४३ बजे, मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












