नेपाल पहिलो पटक आइसीसी बरियतामा
काठमाडौं, माघ १५ : नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा परेको छ ।
एकदिवसीय सिरिज जित....

काठमाडौं, माघ १५ : नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा परेको छ ।
एकदिवसीय सिरिज जितेसँगै नेपाल आईसीसीको बरियतामा परेको हो । सोमबार नेपालले यूएईलाई पराजित गर्दै एकदिवसीय सिरिज जितेको हो ।
आईसीसीले पनि सोमबार जारी गरेको एकदिवसीय बरियतामा नेपाल १५औं स्थानमा छ । नेपालको रेटिङ पनि १५ छ । जबकी यूएई १४औं नम्बरमा छ । उसको रेटिङ पनि १५ नै छ ।
यो बरियताको पहिलो नम्बरमा इग्ल्यान्ड छ । उसको रेटिङ १२६ छ । दोस्रोमा रहेको भारतको रेटिङ १२४ र तेस्रोमा रहेको न्यूजिल्यान्डको रेटिङ ११० छ ।
आईसीसीको पछिल्लो बरियतामा १५ देश समावेश छन् । यसमा चौथोदेखि १३औंसम्म क्रमशः साउथ अफ्रिका, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, श्रीलंका, वेस्टइन्डिज, अफगानिस्ता, जिम्वावे, आयरल्यान्ड र, स्कटल्यान्ड छन् ।











