Kathmandu Press

निर्दयी छोरा : जसले अगुल्टो प्रहार गरेर बुबाको ज्यान लिए

काठमाडौं, भदौ ७ : रोल्पाको त्रिवेणी गाउँपालिकामा छोराले अगुल्टो प्रहार गर्दा बुबाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–४ चालढुङ खोलाका टेकबहादुर नेपालीले ६०...
निर्दयी छोरा : जसले अगुल्टो प्रहार गरेर बुबाको ज्यान लिए

काठमाडौं, भदौ ७ : रोल्पाको त्रिवेणी गाउँपालिकामा छोराले अगुल्टो प्रहार गर्दा बुबाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–४ चालढुङ खोलाका टेकबहादुर नेपालीले ६० वर्षीया लक्ष्मी मनको हत्या गरेको प्रहरीले जनाएको छ ।

आफ्नै छोराबाट आज लक्ष्मीमनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय होलेरी र प्रहरी चौकी बुढा गाउँको टोली घटनास्थल पुग्दा लक्ष्मीमनको हत्या गरी खाटमा सुताएको अवस्थामा शव फेला परेको प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।

Hardik ivf

छोराको कुटपिटबाट मृत्युु भएका लक्ष्मीमनको मृत्युको कारण परिवारले ढाकछोप गरी लुकाउन खोजे पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट छोराले नै हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवेदीले बताए ।

हत्यामा संलग्न  टेकबहादुरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकोे उनले जानकारी दिए ।  (रासस) 

प्रकाशित मिति: १९:५८ बजे, सोमबार, भदौ ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्