Kathmandu Press

प्रदेश १ मा ४२१ मा कोरोना सङ्क्रमण

विराटनगर, भदौ ७ : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।सो अवधिमा ९ सय २४ जनाको पीसीआर...
प्रदेश १ मा ४२१ मा कोरोना सङ्क्रमण

विराटनगर, भदौ ७ : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

सो अवधिमा ९ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९ र ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १२ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

Hardik ivf

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, सङ्खुवासभामा पाँच, उदयपुरमा दुई, पाँचथर र तेह्रथुममा एकएक र प्रदेश  बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो।

प्रदेशमा आजै ३१२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुनेमा १ सय ५७ महिला र १ सय ५५ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच महिलासहित १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:२३ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्