सांस्कृतिक कलाकर्मी संघकाे म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, भदौ ७ : नेपाल सांस्कृतिक कलाकर्मी संघले ‘आयौं हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ।आज...
काठमाडौं, भदौ ७ : नेपाल सांस्कृतिक कलाकर्मी संघले ‘आयौं हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमबीच डिबी गुरुङको रचना, संगीत तथा स्वर रहेको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतमा अर्जुन सुनाम र टीका पुनको पनि स्वर रहेको छ।
संघको राष्ट्रिय समितिले आयोजना गरेको ‘विमोचन समारोह-२०७८’ मार्फत उक्त गीत सार्वजनिक गरिएको हो। कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भीष्मराज आङ्दाम्बे, प्रतिनिधिसभा सदस्य सुजाता परियारलगायतले गीतको भिडिओ विमोचन गरेका हुन्।
कार्यक्रममा रमाइलो टिभीका सञ्चालक तथा सञ्चारकर्मी दयाराम पाण्डे, नेपाली कांग्रेस दोलखाका कोषाध्यक्ष तथा नेपाल सांस्कृतिक संघका पूर्वप्रवक्ता कृष्ण केसी, महाधिवेशन प्रतिनिधि भगवती थापा, तेजप्रसाद रिजाल, म्युजिक भिडिओका निर्देशक लिगेस भट्टराई र नृत्य निर्देशक बुद्धिराम खड्काको उपस्थिति थियो।












