चितुवाको छाला र कस्तुरीको बिनासहित ५ जना पक्राउ

दाङ, भदौ ७ : दाङका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले बहुमूल्य कस्तुुरीको बिना र चितुवाको छालासहित ५ जनालाई पक्राउ गरेको छ।
बिनासहित पक्राउ पर्नेमा घोराहीको होटेल टु डे प्लाजाबाट घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसी रहेका छन्। दुवै अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बिनाको तौल ३१ ग्राम २ सय मिलिग्राम रहेको बताए।
त्यसैगरी प्रहरीले चितुवाको तीनवटा छालासहित तीन जनालाई पक्राउ गरेको छ। बैतडीका प्रदीपकुमार विक,विमल औजी र हेमन्त औजी अमिलियाबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १७:१३ बजे, सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












