Kathmandu Press

सवारी दुर्घटनामा दुईजनाको मृत्यु    

सवारी दुर्घटनामा दुईजनाको मृत्यु    

काठमाडौं, भदौ ७ : महोत्तरी र उदयपुरम भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

महोत्तरीको सोनमा गाउँपालिका-३ रघुनाथपुरस्थित सडकमा बिआर ३० क्यू २१३० नम्बरको मोटरसाइकल र ज९प ३८५० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा बिआर ३० क्यु २१३० नम्बरको मोटरसाइकलका चालक सोनमा गाउँपालिका-५ खयरवनी बस्ने ३० वर्षीय उदय कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अन्य दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

त्यस्तै उदयपुरको बेलका नगरपालिका-५ गलेनीस्थित सडकमा प्रदेश १-०२-०४१ प १८०८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८० वर्षीय रामबहादुर श्रेष्ठको आइतबार साँझ मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएको उनको धरान घोपा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: १६:२८ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्