Kathmandu Press

कुटपिट गरी बुबाको हत्या गरेको आरोपमा पक्राउ

रोल्पा, भदौ ७ : कुटपिट गरी बुबाको हत्या गरेको आरोपमा रोल्पा एकजना पक्राउ परेका छन्।आफ्नै बुबा ६० वर्षीय लछिमन दमाईलाई कुटपिट गरी हत्या...
कुटपिट गरी बुबाको हत्या गरेको आरोपमा पक्राउ

रोल्पा, भदौ ७ : कुटपिट गरी बुबाको हत्या गरेको आरोपमा रोल्पा एकजना पक्राउ परेका छन्।

आफ्नै बुबा ६० वर्षीय लछिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-४ बागखुर बस्ने २५ बर्षीय टेकबहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ। 

घरायसी झैझगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी पोस्ट बुढागाउँ र इलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
 

प्रकाशित मिति: १६:२० बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्