Kathmandu Press

साउनमा मानव अधिकार उल्लंघनका १४२ घटना

साउनमा मानव अधिकार उल्लंघनका १४२ घटना

काठमाडौं, भदौ ७ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना भएका जनाएको छ। इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लङ्घनका घटना भएका हुन्।

इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र अन्य पक्षबाट १३८ पीडित भएका जनाएको छ। त्यसमध्ये प्रदेश नं १ मा २५, प्रदेश नं २ मा ४९, लुम्बिनी प्रदेशमा १९, गण्डकी प्रदेशमा १७, कर्णाली प्रदेशमा १५, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा छ/छ जना पीडित भएका छन्।

Hardik ivf

साउनमा पत्नी हत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको एक, हिरासतमा मृत्युका दुई, एक मानव अधिकार रक्षकसहित नौ जनालाई कुटपिट गरिएको, जातीय विभेदका घटना तीन, पुरुषलाई गरिएको यौन दुव्र्यवहारको घटनामा एक र १५ घाइते भएको प्रतिवेदनमा उल्लेख छ।

तीमध्ये बाल अधिकार उल्लङ्घनका घटना ५१ भएको प्रवितेदनमा छ। अभिलेखित घटनामध्ये बलात्कार ३९, यौन दुव्र्यवहार १०, बेचबिखन एक र बेचबिखन प्रयासको घटना एक भएको इन्सेकले जनाएको छ।

यस्तै महिला अधिकार उल्लङ्घनका घटना ३९ भएको अध्ययनले देखाएको छ। बलात्कारका घटना २०, बलात्कार प्रयास पाँच, यौन दुव्र्यवहार तीन, जबर्जस्ती यौन कार्यमा लगाइएको एक, एसिड प्रहार एक, ‘बोक्सी’ आरोप एक र घरेलु हिंसा तीन भएको इन्सेकको उक्त प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्