आज चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, भदौ ७ : आज चार वटा प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका...
काठमाडौं, भदौ ७ : आज चार वटा प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर मौसम बदली रहने भएको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज बिहान देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो पनि देशभर मौसम बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षा हुने जनाइएको छ
सोमबार राति देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।








![जावलाखेलमा ‘पेडेस्ट्रियन पुस बटन’ जडान [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5-of-10_6eb79007-1783583070.jpg)

-1783580717.jpeg)
