Kathmandu Press

यशले सार्वजनिक गरे चलचित्र ‘केजीएफ–२’ रिलिज हुने मिति

काठमाडौं, भदौ ६ : कन्नड चलचित्र ‘केजीएफ–२’ २०२२ को अप्रिल १४ तारिखमा रिलिज हुने भएको छ। आइतबार चलचित्रका मुख्य नायक यशले ट्वीटरमार्फत चलचित्रको नयाँ...
यशले सार्वजनिक गरे चलचित्र ‘केजीएफ–२’ रिलिज हुने मिति

काठमाडौं, भदौ ६ : कन्नड चलचित्र ‘केजीएफ–२’ २०२२ को अप्रिल १४ तारिखमा रिलिज हुने भएको छ। 

आइतबार चलचित्रका मुख्य नायक यशले ट्वीटरमार्फत चलचित्रको नयाँ मिति सार्वजनिक गरेका हुन्। यसअघि उक्त चलचित्रलाई यो वर्षको जुलाई १६ मा रिलिज गर्ने तयारी गरिएको थियो। तर, कोरोनाको दोस्रो लहरका कारण चलचित्र रिलिज हुन सकेन।

Hardik ivf

सन् २०१८ मा रिलिज भएको कन्नड चलचित्र ‘केजीएफ’लाई दर्शकले निकै रुचाएको थियो। यसैको सिक्वेलको रुपमा ‘केजीएफ–२’लाई प्रदर्शनमा ल्याइएको निर्माणपक्षले जनाएको छ। 

उक्त चलचित्रमा यश, संजय दत्त र रविना टन्डनको मुख्य भूमिका रहेको छ। चलचित्रमा सञ्जय खलपात्रको भूमिकामा देखिएका छन्। कन्नड भाषामा बनेको यो चलचित्रलाई हिन्दी, तेलुगु, तमिल, मलयालम भाषामा पनि प्रदर्शन गरिनेछ।

प्रकाशित मिति: १८:२१ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्