मृत अवस्थामा दुईजना फेला
काठमाडौं, भदौ ६ नवलपरासी (पूर्व) र रुपन्देहीमा एकएकजना मृत अवस्थामा भेटिएका छन्।नवलपरासी (पूर्व) को मध्यबिन्दु नगरपालिका–१४ रातामाटेस्थित अरुणखोलाको बगरमा हाल नाम, थर, वतन...
काठमाडौं, भदौ ६ : नवलपरासी (पूर्व) र रुपन्देहीमा एकएकजना मृत अवस्थामा भेटिएका छन्।
नवलपरासी (पूर्व) को मध्यबिन्दु नगरपालिका-१४ रातामाटेस्थित अरुणखोलाको बगरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीय महिलाको शव शनिबार साँझ फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै रुपन्देहीको शुद्धोधन गाउँपालिका-२ तल्लो खैरेनी बस्ने ५० वर्षीय त्रिपाल लोध सोही ठाउँस्थित चप्पर खोलामा शनिबार राति मृत अवस्थामा फेला परेका छन्।
यी दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १७:४४ बजे, आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1789304248.jpg)






-1789304248.jpg)