Kathmandu Press

१५ हजार ८ सय ९१ जनालाई निःशुल्क मास्क

काठमाडौं, भदौ ६ : कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १५ हजार ८...
१५ हजार ८ सय ९१ जनालाई निःशुल्क मास्क

काठमाडौं, भदौ ६ : कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १५ हजार ८ सय ९१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

कार्यक्रमअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ९ लाख ४५ हजार ९ सय ४० जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएकाे छ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खोइ’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ६० जनालाई ४६ हजार रुपैयाँ जरिवाना गरिएको छ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ हजार ७ सय ८४ जनालाई रोकी सम्झाईबुझाई छाडिएको छ। साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको १ सय २६ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत १२ हजार ८ सय ७४ जनालाई सचेत गराइएको प्छहरीले जनाएको छ।

प्रकाशित मिति: १७:०८ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्