Kathmandu Press

छुुट्टाछट्टै स्थानका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

छुुट्टाछट्टै स्थानका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, भदौ ६ : सोलुखुम्बु, सिरहा, बारा र खोटाङका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको  छ। 

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका-५ स्थित सडकमा बा।५४ प ७७२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–२ खाली बस्ने ३० वर्षीय सुमन राईको घटनास्थलमै मृत्यु भएको छ। 

Hardik ivf

सिरहाको धनगढीमाई नगरपालिका-७ स्कुल चोकस्थित सडकमा स१०प ४२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी १८ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ टागियास्थित सडकमा प्र२-०३-००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा६५प २७५६ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा दुवै मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा बा६५ प २७५६ नम्बरको मोटरसाइकल चालक नुवाकोट बुङताङ बस्ने ४० बर्षीय टुलुराज तामाङ, प्र२-०३-००२ प ५३३५ नम्बरको मोटरसाइकल चालक बारा निजगढ नगरपालिका-९ बस्ने १६ वर्षीय विकास शाह र सोही मोटरसाइकलमा सवार ३५ वर्षीया सुनैनादेवी शाह छन्। 

खोटाङको केपिलासगढी गाउँपालिका-५ भुताप्सुस्थित सडकबाट ना५त ६६०१ नम्बरको ट्याक्टर करिब १ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय दिनेश राईको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका सहचालक सोही ठाउँ बस्ने १९ उमेश राईको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीको भनाइ छ। 
 

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्