किशोरीमाथि जबर्जस्ती करणीको आरोपमा पक्राउ
कैलाली, भदौ ६ : १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा कैलारी गाउँपालिका-७ रामपुर बस्ने २३ वर्षीय अरुण...
कैलाली, भदौ ६ : १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका-७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरी रहेको प्रहरीले जनाएको छ।
चौधरीले ती बालिकालाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई लाई शनिबार राति पक्राउ गरेको हो।
प्रकाशित मिति: १६:३९ बजे, आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










