Kathmandu Press

मेलिना राई र निशान भट्टराईको ‘सालघारीमा’ सार्वजनिक

काठमाडौं, भदौ ६ : गीतकार सन्जिव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको ‘सालघारीमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको...
मेलिना राई र निशान भट्टराईको ‘सालघारीमा’ सार्वजनिक

काठमाडौं, भदौ ६ : गीतकार सन्जिव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको ‘सालघारीमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमान्टिक शैलीको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका छन्। म्युजिक भिडियोको निर्देशन आशिष राईले गरेका छन् भने छायांकन दुर्गा बान्तावा राई र मनोज राईले गरेका हुन्। राजु कार्कीले एरेन्ज गरेको गीतको संगीत दिलीप कोयी राईले गरेका हुन्।

Hardik ivf

सार्वजनिक म्युजिक भिडियोका लागि ऋगार सन्जु थलङले गरेकी हुन् भने ड्रोनमा किरण रोक्काले लिएका दृश्यमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एकराज सेम राईले गरेका छन्। वान पिस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको भिडियो जनता डिजिडल फ्लिम मार्फत बजारमा ल्याइएको हो । म्युजिक भिडियो प्राविधिक पक्षको सम्पूर्ण इडिटिङ र कलरिङ अमृत चापागाईले गरेका हुन्।

प्रकाशित मिति: १४:३० बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्