एनआरएनए महिला सचिवमा उम्मेदवारी दिने राधिका गुरुङकाे तयारी
काठमाडाैं भदाै ६ : राधिका गुरुङ ‘टीका’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) महिला सचिवमा उम्मेदवारी दिने तयारी गरेकी छन्। उनले हङकङ एनआरएनए...
काठमाडाैं भदाै ६ : राधिका गुरुङ ‘टीका’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) महिला सचिवमा उम्मेदवारी दिने तयारी गरेकी छन्।
उनले एनआरएनए हङकङ राष्ट्रिय समन्वय परिषद (एनसिसी) को दुईपटक नेतृत्व गरिसकेकी छन्।
यतिखेर एनआरएनए विश्व सम्मेलन तथा नेतृत्व चयनका लागि हुने चुनावका लागि पदका आकांक्षीहरू कोही उम्मेदवारी दिने तयारी गरिरहेका छन् भने कसैले उम्मेद्वारी घोषणा नै गरिसकेका छन्। एनआरएनएको सम्मेलन र चुनाव आगामी अक्टोबर २३ तारिखदेखि हुँदैछ।
हङकङमा बसोबास गर्ने नेपालीलाई पर्ने समस्या समाधानार्थ उनी अहोरात्र खटिरहेकी हुन्छिन्। हङकङमा भइपरी आउने प्राकृतिक विपदलगायतका घटनामा सहयोगजस्ता कार्यमा उनी संलग्न रहँदै आएकी छन्।
उनी हङकङ सरकारबाट चिफ एक्जुकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस पदवीले समेत सम्मानित भइसकेकी छन्।
कोरोना संक्रमणका कारण नेपालका अस्पतालहरुमा अक्सिजन समस्या पर्दा उनले हङकङ एनआरएनसँग समन्वय गरी १० लिटर क्षमताका ५० थान अक्सिजन कन्सन्टेटर र १७ लाख मास्क नेपाल पठाउन अभियान नै चलाएकी थिइन्।
हङकङका नेपालीले भोगिरहेको नागरिकता समस्या समाधानका साथै उनीहरूको संरक्षण र हितमा आफू संलग्न रहँदै आएका र भविष्यमा पनि सोही हिसाबले लागिरहने उनले बताउँदै आएकी छन्।











