Kathmandu Press

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीलाई समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीलाई समस्या
Hardik ivf

दमौली, भदौ ६ : तनहुँ जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि समस्या भएको छ। कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर स्थानीय तहमा गएपछि कारागारमा नयाँ स्वास्थ्यकर्मी नआउँदा उनीहरुले नियमित स्वास्थ्य परीक्षण गर्न नपाएका हुन्।

२०७६ असोजदेखि कारागार स्वास्थ्यकर्मीविहीन छ। अहेवको दरबन्दी रहेको कारागारमा स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या आउँदा पनि दमौली अस्पतालसम्म लैजानुपर्ने बाध्यता रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए।

‘यहाँ कार्यरत स्वास्थ्यकर्मी म्याग्दे गाउँपालिकामा सरुवा भएपछि दुई वर्षदेखि कारागार स्वास्थ्यकर्मीविहीन बनेको छ। यसले कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षणमा समस्या भइरहेको छ,’ उनले भने, ‘अन्यत्रसम्म लैजानुपर्छ, कारागारको सवारी छैन, हत्कडी लगाएर हिँडेर जान कैदीबन्दी अप्ठ्यारो मान्छन्। रासस

प्रकाशित मिति: १०:५३ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्