Kathmandu Press

पाँच फरार अभियुक्त पक्राउ

लहान, भदौ ६ : विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ...
पाँच फरार अभियुक्त पक्राउ

लहान, भदौ ६ : विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र रु तीन लाख १५ हजार जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका–४ का २८ वर्षीय देवकुमार यादव र बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र रु १० हजार जरिवाना सुनाइएका लहान नगरपालिका–१३ निवासी ३१ वर्षीय शिवशङ्कर महतो, लेनदेन मुद्दामा दुई वर्ष कैद पाएका सिरहा नगरपालिका–२ का ५५ वर्षीय रामदेव साह, लेनदेन मुद्दामै पाँच महिना कैद सजाय पाएका सिरहा –१६ का ४० वर्षीय जाकिर मलङ्ग र चोरी मुद्दामा एक महिना कैद र रु ३० हजार जरिवाना सजाय ताकिएका सिरहा–१ का २३ वर्षीय सन्तोषकुमार कामती छन्। 

Hardik ivf

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।

तीन बालकको भारतबाट उद्धार

लामो समयदेखि भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार गरिएको छ। 

सामाजिक अभियान्ता सरोज रायका पहलमा सिरहाका दुई र महोत्तरीका एक बालकलाई स्वेश ल्याइएको हो। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अमरलाल दास, लहान नगरपालिकाका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यमलाल झाको उद्धार गरिएकोे उनले बताए। 

ती बालक १५ वर्षमुनिका  र जिल्ला प्रशासन कार्यलयमार्फत परिवारको जिम्मा लगाउने अभियन्ता रायले जानकारी दिए।
 

प्रकाशित मिति: १०:१४ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्