Kathmandu Press

आज तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, भदौ ६ : मनसुनी वायुको प्रभावले आज देशका तीन वटा प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा वर्षा हुनेछ। काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र प्रदेश १ अधिकांश स्थानमा बिहानैदेखि पानी परिरहेको छ।

Hardik ivf

आज दिउँसो देशभरको मौसम पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्ययम खालको पानी पर्ने महाशाखाले जनाएको छ।

आइतबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको स्मभावना रहेको छ। नदी तथा खोलामा बाढी आउनसक्ने र पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १,  बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ।

प्रकाशित मिति: ०८:१७ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्