सुर्नया नदीमा वेपत्ता युवकको खोजी जारी
बैतडी, भदौ ६ : बैडतीको सुर्नया नदीमा बेपत्ता भएका युवकको खोजी जारी रहेको छ। उनी आइतबार बिहानसम्म भेटिएका छैनन्।बैतडीको शिवनाथ गाउँपालिका–५ बारुका रामसिंह...
बैतडी, भदौ ६ : बैडतीको सुर्नया नदीमा बेपत्ता भएका युवकको खोजी जारी रहेको छ। उनी आइतबार बिहानसम्म भेटिएका छैनन्।
बैतडीको शिवनाथ गाउँपालिका–५ बारुका रामसिंह साउद शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयतेखोला नजिकबाट बेपत्ता भएका थिए।
उनको अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए। प्रहरी र स्थानीय बासिन्दाले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको उनले बताए।
केही दिनदेखिको लगातारको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ। नदीहरुमा बाढी आएको छ।
प्रकाशित मिति: ०७:२० बजे, आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











