Kathmandu Press

कांग्रेसमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छानौँ : नेता सिंह

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले १४औँ महाधिवेशनमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताएका छन्। कांग्रेस चन्द्रागिरि नगर समितिद्वारा...
कांग्रेसमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छानौँ : नेता सिंह

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले १४औँ महाधिवेशनमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताएका छन्। कांग्रेस चन्द्रागिरि नगर समितिद्वारा आज यहाँ आयोजित एकदिने कार्यशाला गोष्ठीमा उनले कांग्रेसलाई भरपर्दो र बलियो पार्टी बनाउन वडा  तहदेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताएका हुन्।

‘विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका व्यक्तिलाई संस्थागतरूपमा नभई व्यक्ति विशेषले क्रियाशील सदस्यता सिफारिस गर्दा पार्टी लथालिङ्ग अवस्थामा पुग्यो,’ उनले भने। महाधिवेशन नजिकिँदै गर्दा पार्टी क्रियाशील सदस्यता टुङ्ग्याउन नसक्नु दुःखद् भएको उनको भनाइ थियो।

Hardik ivf

पूर्वमहामन्त्री सिंहले विधि र नियमभन्दा पार्टी बेग्लै अवस्थामा अगाडि बढ्दा अप्ठ्याारो अवस्थामा पुगेको बताए। विधि र नियम पु¥याएकालाई क्रियाशील सदस्यता दिनुपर्ने नेता सिंहको भनाइ थियो।

उनले सिंह परिवार त्याग गर्नका लागि मात्र नजन्मिएको भन्दै पार्टीभित्र गरेको सङ्घर्ष र योगदानका आधारमा आगामी महाधिवेशनमा आफू पार्टी सभापति लड्ने स्पष्ट पारे। पार्टी १४औँ महाधिवेशनमा पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउन सकिएन भने कांग्रेस प्रजापरिषद् बन्ने उनको भनाइ थियो।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले कांग्रेसलाई बलियो बनाउनका लागि गाउँदेखि नै सङ्गठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए। कांग्रेसका नेता एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीभित्रको गुटउपगुटको अन्त्य हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २०:३३ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्