Kathmandu Press

फोहोर नउठ्दा वाग्मतीलगायत नदी प्रदूषित बन्ने खतरा

काठमाडौँ उपत्यकाको फोहोर नउठेपछि वाग्मतीलगायत नदी किनार प्रदूषित हुन थालेको छ।
फोहोर नउठ्दा वाग्मतीलगायत नदी प्रदूषित बन्ने खतरा
Hardik ivf

काठमाडौं, भदौ ५ : काठमाडौँ उपत्यकाको फोहोर नउठेपछि वाग्मतीलगायत नदी किनार प्रदूषित हुन थालेको छ। उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा जाने सडक बिग्रिएका कारण फोहोर नउठेको हो। फोहोर नउठेपछि नदी किनारका धेरै स्थानमा फोहोर थुप्रो लागेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए।

वाग्मती नदीमा बहाव बढेका अवसरमा नदी संरक्षण संस्थाले प्रत्येक वर्ष आयोजना गरेको जलयात्राका क्रममा आज थापाथलीबाट सुन्दरीघाटसम्म पुग्दा नदी किनारका धेरै स्थानमा फोहोर थुपारेको भेटिएको उनले बताए। उपत्यकावासीले फोहोर फेरि नदी किनारमा लैजान थालेपछि ४३२ हप्तादेखि सफाइ गरिँदै आए पनि फेरि प्रदूषित बन्ने खतरा बढेको छ।

वाग्मती सफाइ महाअभियानको ४३२औँ हप्तामा आज थापाथली क्षेत्रमा सफाइ गरिएको छ। सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी अभियानकर्मी, नदी संरक्षण संस्थाका पदाधिकारी एवं सदस्य गरी १५० भन्दा बढीको सक्रियता रहेको थियो। विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक हप्ता बिहान दुई घण्टा स्वयंसेवीरूपमा वाग्मती सफाइ हुँदै आएको छ।

प्रकाशित मिति: १९:५३ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्