Kathmandu Press

अवैध लागूऔषधसहित सातजना पक्राउ 

अवैध लागूऔषधसहित सातजना पक्राउ 

काठमाडौं, भदौ ५ : काठमाडौं, झापा, कञ्चनपुर र बाराबाट अवैध लागूऔषधसहित सातजना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने काभ्रे तिमाल गाउँपालिका–८ घर भएका ३० वर्षीय विक्रम तामाङलाई १०.३८ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ सय १ एम्पुल नोर्फिन, १ सय एम्पुल फेनारगन, ९९ एम्पुल डाईजेपाम, नगद ४८ हजार ५ सय रुपैयाँ र ९ हजार भारतीय रुपैयाँ सहित शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको डेरा कोठामा लागूऔषध कारोबार भईरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। 

Hardik ivf

झापाको बिर्तामोड नगरपालिका–९ देवकोटा चोकबाट ५ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित दुईजनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–८ बस्ने २० वर्षीय गोपाल बिश्वकर्मा र बिर्तामोड नगरपालिका–८ स्थितमा डिडिआर फार्मेसी संचालन गरी बस्ने ईलाम माई नगरपालिका–६ घर भएका २० वर्षीय भिष्म बुढाथोकी छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ प्रगतिटोलबाट ४ केजी ४ सय ९० ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित कैलाली धनगढी उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय किशोर सिंह लगायत तीनजनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

बाराको निजगढ नगरपालिका–९ सहिद चोकबाट ७।५ किलो अवैध लागूऔषध गाँजासहित भारत बिहार राज्य गोपालगञ्ज घर भएको २९ वर्षीय अतुलकुमार साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्