Kathmandu Press

लघुकथा समाजद्वारा  नाट्य संस्था सर्वनाम र सर्जक डा. समीर सम्मानित

काठमाडौं, भदौ ५ : लघुकथा समाजले नाट्य संस्था सर्वनाम र लघुकथाकार डा. रवीन्द्र समीरलाई सम्मान गरेको छ।समाजले १३औं लघुकथा दिवस मनाउने क्रममा शनिबार...
लघुकथा समाजद्वारा  नाट्य संस्था सर्वनाम र सर्जक डा. समीर सम्मानित

काठमाडौं, भदौ ५ : लघुकथा समाजले नाट्य संस्था सर्वनाम र लघुकथाकार डा. रवीन्द्र समीरलाई सम्मान गरेको छ।

समाजले १३औं लघुकथा दिवस मनाउने क्रममा शनिबार एक कार्यक्रमबीच संस्थातर्फ सर्वनाम र व्यक्तितर्फ डा. समीरलाई सम्मान गरेको हो।

Hardik ivf

समाजले हरेक वर्ष भदौ ५ गतेका दिन लघुकथा दिवस मनाउँदै आएको छ।

कार्यक्रममा कथाकार पद्मावती सिंहले  ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान-२०७८’ सर्वनामलाई हस्तान्तरण गरिन्। सर्वनामका तर्फबाट व्यवस्थापक डा. सावित्री मल्ल कक्षपतिले सम्मान ग्रहण गरिन्।

समाजले पहिलोपटक प्रदान गरेको यो सम्मानका साथमा १५ हजार १ रुपैयाँ नगद राशि पनि प्रदान गरिएको थियो। 

सिंहले नै  ‘पद्मा-रामचन्द्र लघुकथा सम्मान-२०७८’ लघुकथाकार डा. समीरलाई प्रदान गरिन्। उक्त सम्मानका साथमा नगद राशि १० हजार १ रुपैयाँ पनि प्रदान गरिएको थियो।

लघुकथा समाजका अध्यक्ष श्रीओम रोदन, वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ, प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतम, पूर्णप्रसाद ब्राह्मणका छोरा सुरेश शर्मा, सम्मानित संस्था सर्वनामकी डा. मल्ल कक्षपति, सम्मानित व्यक्तित्व डा. समीरसहित तुलसीहरि कोइराला र नवराज रिजालले मन्तव्य राखेका थिए।

कार्यक्रममा लघुकथा समाजको स्मारिका ‘नेपाली लघुकथा’ को संयुक्तांक ९८-९० पनि सार्वजनिक गरिएको थियो।

प्रकाशित मिति: १७:४८ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्