Kathmandu Press

पौडी खेल्ने क्रममा डुबेर चारजनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर चारजनाको मृत्यु

काठमाडौं, भदौ ५ : रुकुम पश्चिम, रौतहट र रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर चारजनाको मृत्यु भएको छ। 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ स्थित ठुली दहमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-१ सल्ले बस्ने २१ वर्षीय भिमबहादुर थापा र १७ वर्षीय प्रेमबहादुर थापाको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

त्यसैगरी रौतहटको परोहा नगरपालिका-४ पोखरिया टोल बस्ने शेख अतिउल्लाह खानको छोरी सात वर्षीया समैया खातुनको सोही ठाउँस्थित बकैया खोलाको बाँधछेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। 

रुपन्देहीको सैनामैना नगरपालिका-३ पश्चिम गंगानगर घमाह खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-२ कालिकाचोक बस्ने १७ वर्षीय अनिल गैरेको शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: १७:२४ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्