छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु
काठमाडौं, भदौ ५ : सिरहा र सिन्धुपाल्चोकमा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्युभएको छ। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-३ हरीनगरस्थित भित्री सडकमा प्रदेश २-०१-००२ प...
काठमाडौं, भदौ ५ : सिरहा र सिन्धुपाल्चोकमा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्युभएको छ।
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-३ हरीनगरस्थित भित्री सडकमा प्रदेश २-०१-००२ प ३९०६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ ब्रहम्पुरी बस्ने ३६ वर्षीय राम उदगार मुखियाको शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१२ भिमटारस्थित सडकमा ना६त १८०७ नम्बरको ट्याक्टरबाट खसेर सोही गाउँपालिका-७ देउराली बस्ने अर्जुन आचार्यका १४ वर्षीय छोरा सुदिप आचार्यको शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











