Kathmandu Press

करेन्ट लागेर दुइर्जनाको मृत्यु

काठमाडौं, भदौ ५ : मकवानपुरको बकैया गाउँपालिका-७ कत्लेखोला बस्ने विष्णु राईकी १३ वर्षीया छोरी युनिसा राईको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ।खेल्ने...
करेन्ट लागेर दुइर्जनाको मृत्यु

काठमाडौं, भदौ ५ : मकवानपुरको बकैया गाउँपालिका-७ कत्लेखोला बस्ने विष्णु राईकी १३ वर्षीया छोरी युनिसा राईको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ।

खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका-१० कोटियाथान डेरा गरी बस्ने पाल्पा चहला घर भएका २१ वर्षीय सन्तोष सूर्यवंशीको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ।

पानी तान्ने मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १७:०६ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्