कटुवा पेस्तोलसहित एकजना पक्राउ
सर्लाही, भदौ ५ : सर्लाहीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्।मलंगवा नगरपालिका-११ ठुलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अन्सारीलाई १ थान कटुवा पेस्तोल...
सर्लाही, भदौ ५ : सर्लाहीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्।
मलंगवा नगरपालिका-११ ठुलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अन्सारीलाई १ थान कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
अन्सारी र उनकै दाजुबीच वादविवाद भई झैझगडा भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा समसुद्दिनले कम्मरमा भिरेको गोली लोड भएको अवस्थामा उक्त पेस्तोल फेला परेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १६:४० बजे, शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)