Kathmandu Press

बालिका बलात्कार आरोपमा तीनजना पक्राउ

काठमाडौं, भदौ ५ : बालिकाहरुमाथि जबरजस्ती करणीको आरोपमा सुर्खेतबाट दुई र रुपन्देहीबाट एक गरी तीनजना पक्राउ परेका छन्।१२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको...
बालिका बलात्कार आरोपमा तीनजना पक्राउ

काठमाडौं, भदौ ५ : बालिकाहरुमाथि जबरजस्ती करणीको आरोपमा सुर्खेतबाट दुई र रुपन्देहीबाट एक गरी तीनजना पक्राउ परेका छन्।

१२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सुर्खेतको हुम्ला सर्केघाट गाउँपालिका–७ बस्ने १९ वर्षीय प्रकाश जैशी र  सोही ठाउँ बस्ने  २० वर्षीय रामकृष्ण जैशीलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Hardik ivf

उनीहरुले ती बालिकालाई ललाईफकाई वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित खुला चौरमा जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सहकारी चोकबाट र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

त्यसैगरी ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ हरियाली बस्ति बस्ने बर्दिया राजापुर नगरपालिका–६ टपरा घर भएका ३३ वर्षीय निर्मल चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 
 

प्रकाशित मिति: १६:३५ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्