Kathmandu Press

लागुऔषध चरेस मुद्दाका फरार प्रतिवादी आठ वर्षपछि पक्राउ

काठमाडौं, भदौ ५ : लागुऔषध चरेस मुद्दाका फरार प्रतिवादी पर्साको छिपहरमाईबाट पक्राउ परेका छन्।पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका-१ का ५१ वर्षीय रामेश्वर कुशवाहा...
लागुऔषध चरेस मुद्दाका फरार प्रतिवादी आठ वर्षपछि पक्राउ

काठमाडौं, भदौ ५ : लागुऔषध चरेस मुद्दाका फरार प्रतिवादी पर्साको छिपहरमाईबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका-१ का ५१ वर्षीय रामेश्वर कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

२०७० जेठ २६ गते विहान पर्साको साबिक मिर्जापुर गाविस-९ स्थित आफ्नो घरमा रहेको शौचालयपछाडि परालमा उनले लुकाईछिपाई राखेको अवस्थामा ३६ वटा प्याकेटमा भएको १८ किलो लागु औषध चरेश प्हरीले बरामद गरेको थियो।

सोही मुद्दामा दोषी ठहरिएपछि फरार रहेका कुशवाहालाई पर्साको छिपहरमाई-५ भिस्वाबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १६:२५ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्