Kathmandu Press

र्‍याप ब्याटलको रियालिटी सो ‘नेपहपको श्रीपेच’ आउँदै, डिजिटल अडिसन जारी

काठमाडौं, भदौ ५ : नेपालमा पछिल्लो समय आएका विभिन्न रियालिटी सोहरु दर्शकमाझ लोकप्रिय बनेका छन्।अन्तर्राष्ट्रिय फ्रेन्चाइज सो नेपाल आइडल, भ्वाइस अफ नेपाल, रोडिज,...
र्‍याप ब्याटलको रियालिटी सो ‘नेपहपको श्रीपेच’ आउँदै, डिजिटल अडिसन जारी

काठमाडौं, भदौ ५ : नेपालमा पछिल्लो समय आएका विभिन्न रियालिटी सोहरु दर्शकमाझ लोकप्रिय बनेका छन्।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज सो नेपाल आइडल, भ्वाइस अफ नेपाल, रोडिज, डान्सिङ स्टारसँगसँगै नेपालमै सुरु गरिएका कमेडी च्याम्पियन, लोक स्टार, लोकदोहारी च्याम्पियनले पनि नेपाली दर्शकहरूलाई मनोरञ्जन दिएका छन्, दिइरहेका छन्।

यसैबीच नेपालमा र्‍याप ब्याटलमा आधारित रियालिटी सो पनि सुरु हुने भएको छ। ‘नेपहपको श्रीपेच’ नाम दिइएको उक्त रियालिटी सोका लागि शुक्रबारबाट डिजिटल अडिसन सुरु भएको छ। उक्त अडिसन भदौ २० गतेसम्म चल्ने बताइएको छ।

Hardik ivf

१४ वर्षभन्दा माथिका र्‍यापर तथा बिट बक्सरले अडिसनका लागि अडियो वा भिडियो नेपाली र्‍याप डटकममा अपलोड गर्न सकिने बताइएको छ। त्यस्तै नेपहप श्रीपेच नामको आधिकारिक फेसबुक पेजमा अडियो वा भिडियो इन्बक्स गर्न सकिने पनि चर्चित र्‍यापर बालेनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा डिजिटल अडिसनमा सहभागी हुन र्‍यापर तथा बिट बक्सरहरुलाई आग्रह गरेका छन्।

९८१३८९७७२० मा सीधै फोन गरेर पनि अडिसनका लागि र्‍याप तथा बिट बक्स रेकर्ड गराउन सकिने व्यवस्था पनि व्यवस्थापन पक्षले मिलाएको छ।

उनले यो पनि जानकारी दिएका छन् कि एक दिन पनि नबित्दै ३ हजार भन्दा बढीले अडिसनका लागि प्रयास गरेका छन्। त्यसमा वेबसाइटमार्फत ५ सय, इमेलमार्फत ३ सय, म्यासेन्जरमा इन्बक्स गर्ने ३ सय रहेको पनि उनले लेखेका छन्। ५ सय मिस्डकल आएको पनि उनको भनाइ छ।

उनले दिएको जानकारीअनुसार नेपहप श्रीपेचका विजेताले १० लाख रुपैयाँ हात पार्नेछन्। फस्ट रनर अपका लागि ५ लाख रुपैयाँ तोकिएको बताइएको छ। 

उक्त सोका लागि बालेन र गिरिश निर्णायक रहेका छन्। एउटा जज टुंगो लाग्न बाँकी रहेको व्यवस्थापन पक्षले जनाएको छ।

 निर्णायक रहेका बालेन र गिरिश।         

प्रकाशित मिति: १४:१२ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्