Kathmandu Press

पुराना नेता जयप्रसाद बन्जाराको निधनप्रति कांग्रेसद्वारा शोक व्यक्त

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसले पार्टीका पुराना नेता एवं अग्रज व्यक्तित्व जयप्रसाद बन्जाराको निधनप्रति शोक व्यक्त गरेको छ।पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद...
पुराना नेता जयप्रसाद बन्जाराको निधनप्रति कांग्रेसद्वारा शोक व्यक्त

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसले पार्टीका पुराना नेता एवं अग्रज व्यक्तित्व जयप्रसाद बन्जाराको निधनप्रति शोक व्यक्त गरेको छ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल शनिबार एक शोक वक्तव्य जारी गरेर नेता बन्जाराको निधनले पार्टी एक अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गरेका छन्।

काठमाडौंको नागर्जुन नगरपालिका-१ सुन्दरनगर निवासी बन्जाराको ८७ वर्षको उमेरमा भदाै १ गते निधन भएकाे हाे।

१९९० मंसिर ७ गते गोरखाको भीमसेन गाउँपालिका तान्द्राङमा जन्मिएका स्वर्गीय बन्जाराले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। स्वर्गीय बन्जारा सामाजिक क्षेत्रमा समेत क्रियाशील रहँदै आएका थिए।

‘उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ,’ वक्तव्यमा भनिएको छ, ‘उनको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ।’

प्रकाशित मिति: १३:२४ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्