Kathmandu Press

कोदारी राजमार्ग आंशिक रूपमा सञ्चालन

दोलखा, भदौ ५ : गत असार १ को बाढी र पहिराले कटान गरेको कोदारी राजमार्ग मर्मतपछि आंशिकरूपमा सञ्चालनमा आएको छ।महिना दिनदेखि सडक खुलाउन प्रयास...
कोदारी राजमार्ग आंशिक रूपमा सञ्चालन

दोलखा, भदौ ५ : गत असार १ को बाढी र पहिराले कटान गरेको कोदारी राजमार्ग मर्मतपछि आंशिकरूपमा सञ्चालनमा आएको छ।

महिना दिनदेखि सडक खुलाउन प्रयास हुँदै आएकामा अब केही साताभित्र पूर्ण सञ्चालनमा आउने भएको छ चरिकोट सडक डिभिजन कार्यालयका इञ्जिनीयर विजय महतोका अनुसार सडक निर्माणका साथै भत्किएको लिपिङ पुलको दुवैपट्टि जगमा ढुङ्गा भरेर जालीको गाह्रो उठाइएको।

Hardik ivf

नेपालीको महान् चाडपर्व नजिकिएकाले व्यापारी वर्गले चीनबाट खरिद गरेका सामान आयातका लागि पनि तातोपानी नाका छिटै सञ्चालन गरिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । चीनसँगको छोटो दूरीको तातोपानी नाकाबाट अहिले निर्यात ठप्प छ।

आयात पनि सहज ढङ्गले भएको छैन। पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि राजमार्ग सञ्चालनमा उचित पहल नभएको व्यावसायीहरूले गुनासो गर्दै आएका थिए। 
 

प्रकाशित मिति: १२:५० बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्