Kathmandu Press

वरिष्ठ कलाकार शम्भुराज थापाको निधन

काठमाडौं, भदौ ५ : वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ। कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५...
वरिष्ठ कलाकार शम्भुराज थापाको निधन
Hardik ivf

काठमाडौं, भदौ ५ : वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ। कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जननकारी दिए। 

तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए। उनले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए। उनी हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित भएका थिए।  

यस्तै उनले महानायक राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्रसमेत निर्माण गरेका थिए। स्व थापाका श्रीमती एक छोरा र एक छोरी छन्। स्व थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार लामिछानेले बताए। 
 

प्रकाशित मिति: १०:२१ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्