Kathmandu Press

दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु

मनाङ, भदौ ५ : गत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन्। लघु जलविद्युतमा निर्भर रहेको जिल्लामा...
दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु

मनाङ, भदौ ५ : गत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन्। लघु जलविद्युतमा निर्भर रहेको जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको छ। 

राष्ट्रिय प्रसारण लाइनमा बाढीले क्षति पुर्‍याएपछि दुई महिनादेखि विद्युतहीन बनेको छ। अहिले सरकारी कार्यालयसहित बैंक तथा वित्तीय संस्थाको काम सौर्य ऊर्जाबाट मात्रै चलिरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने बताए। उनका अनुसार सौर्य ऊर्जाले चलाइरहेकाले राष्ट्रिय प्रसारण लाइन मर्मत गरी विद्युत् आपूर्ति गर्न मर्मतको काम थालिएको छ। 

Hardik ivf

सदरमुकाम चामेदेखि भ्राताङसम्म २०७७ माघमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो। जिल्लामा लमजुङको मस्याङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सवस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामेको स्यार्कुस्थित सवस्टेसनमा जडान गरिएको थियो।

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख इञ्जिनियर मिलन सुवेदीले लगातारको वर्षासँगै आएको बाढीपहिराले प्रसारण लाइन मर्मत कार्य थालिएको बताए। उनका अनुसार बाढीपहिराले प्रसारणमा एक करोड ७० लाख बराबरको क्षति पुगेको छ। बाढीले यहाँ जोड्ने राधी हाइड्रो–स्यार्कु ३३ केभी प्रसारण लाइनसहित स्याक्य्रु–चामे ११ केभी र भित्री भागमा ४०० भोल्टका पोल तथा तारमा समेत क्षति पुगेको सुवेदीले जानकारी दिए। 

बाढीपहिराले ३३ केभी लाइनको ८।४ किलोमिटरका ११६ खम्बा र ५।६ किलोमिटरको ११ केभी लाइनका ८८ खम्बामा क्षति पुर्‍याएकोे छ। चार सय भोल्टका ५१ खम्बामा क्षति पुगेको सुवेदीले बताए। बाढीपहिराका कारण विभिन्न ठाउँमा सडक बगाएकाले खम्बा गाड्ने मार्गको पहिचान गर्न सकिएको छैन। 

अहिले बेंसीशहरदेखि तालसम्मको बाटो खुलेसँगै नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाले खम्बा, तार र अन्य निर्माण सामग्री व्यवस्थापन गरी निर्माणस्थलसम्म ढुवानीको प्रक्रिया थालेको प्रमुख सुवेदीले बताए। उनले लाइनमा प्रयोग हुने इन्सुलेटरलगायत अन्य सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले प्रक्रिया सुरु गरिएको जानकारी दिए। 

लाइन मर्मत कार्य सुरू भइसकेकाले अबको एक महिनामा सम्पन्न भई जिल्लामा विद्युत् आपूर्ति गरी बिजुली बल्ने उनले बताए। नासों गाउँपालिका–१ तालगाउँबाट मर्मत सुरु गरेर स्याक्यू, चामे हुँदै भ्राताङसम्म लाइन मर्मत गरिने प्राधिकरणले जनाएको छ। रासस

प्रकाशित मिति: १०:११ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्