Kathmandu Press

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भीषण वर्षा हुने

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भीषण वर्षा हुने

काठमाडौं, भदौ ५ : मनसुनी वायुको प्रभावले आज पनि देशका अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भीषण वर्षा हुने भएको छ।

आज बिहान काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ। दिनभर नै उपत्यकाको मौसम बदली भई मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

प्रकाशित मिति: ०८:५३ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्