Kathmandu Press

तानसेनमा पोषण राहत कार्यक्रमको सुरु

पाल्पा, भदौ ५ : पाल्पाको तानसेन नगरपालिकाले कोभिड–१९ महामारीमा बालबालिकामा देखिएको खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम सुरुआत गरेको छ।विभिन्न संस्थाको...
तानसेनमा पोषण राहत कार्यक्रमको सुरु

पाल्पा, भदौ ५ : पाल्पाको तानसेन नगरपालिकाले कोभिड–१९ महामारीमा बालबालिकामा देखिएको खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम सुरुआत गरेको छ।

विभिन्न संस्थाको साझेदारीमा चौधरी फान्डेसशनद्वारा प्रवर्द्धित बलियो नेपाल, पोषण अभियानको सहयोगमा नगरपालिकाले बालबालिकालाई पोषण राहत कार्यक्रम ल्याएको हो।

नगरपालिकाले प्रतिबालबालिका एक किलो मालदोजिङ र २० प्याकेट लिटो वितरण गर्न लागेको हो। यो पोषणले बालबालिकाका निम्ति दुई महिनाको पोषणको माग पूरा गर्ने बलियो नेपालले जनाएको छ।

नगरपालिकाभित्रका कोभिड–१९ महामारीका कारण ६ देखि २३ महिनाका ८९९ बालबालिकालाई सुरक्षित राख्न पोषण राहत प्रदान गरिने भएको हो। कोभिड–१९ को महामारीले धेरै मानिस रोजगारी गुमेसँग जीविकोपार्जनमा समस्या देखिएको छ।

आर्थिकरुपमा कमजोर परिवारका बालबालिका त्यसको ठूलो मारमा छन्। त्यस्ता परिवारका बालबालिका पोषिलो खानाका प्रकार खानबाट वञ्चित छन्। सो नगरपालिकाले त्यस्ता बालबालिकालाई लक्षित खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम सुरुआत गरेको हो।

बलियो नेपालका कार्यक्रम व्यवस्थापक अभिषेक खड्काले लुम्बिनी प्रदेशका रुपन्देहीको देवदह नगरपालिका, नवलपरासीको सुनवल नगरपालिका र पालीनन्दन गाउँपालिका, प्युठानको औरावती र गौमुखी गाउँपालिका, पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गा नगरपालिका गरी स्थानीय तहका १० हजार बालबालिकालाई पोषण राहत कार्यक्रममार्फत सहयोग गरिएको बताए।

प्रकाशित मिति: ०८:४३ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्