Kathmandu Press

चार किलो चरेससहित तीन जना पक्राउ

कञ्चनपुर, भदौ ५ : चार किलो लागुऔषध चरेससहित कृष्णपुर नगरपालिका–२ प्रगती टोलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश मातहत...
चार किलो चरेससहित तीन जना पक्राउ

कञ्चनपुर, भदौ ५ : चार किलो लागुऔषध चरेससहित कृष्णपुर नगरपालिका–२ प्रगती टोलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले चार किलो ४९० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो।

Hardik ivf

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार चरेससहित पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–७ का २१ वर्षीय किशोर सिंह, कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकका ३६ वर्षीय गणेश भण्डारी र बझाङको छबीस पाथिभरा गाउँपालिका–५ का ३२ वर्षीय झलक जाग्री रहेका छन्।

पक्राउ परेकाहरूको शरीर खानतलासी गर्दा लुकाइ राखेको अवस्थामा चरेस फेला परेको उहाँले बताउनुभयो । पक्राउ परेकामाथि अनुसन्धान कार्य भइरहेको छ।

प्रकाशित मिति: ०७:१९ बजे, शनिबार, भदौ ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्