Kathmandu Press

एनआएनएकाे सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन

काठमाडौं, भदौ ४ : आगामी कात्तिक ६ देखि ८ गतेसम्म राजधानीमा आयोजना हुने गैरआवासीय नेपाली सङ्घ (एनआएनए) को दशौँ विश्व सम्मेलन सफलतापूर्वक सम्पन्न...
एनआएनएकाे सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन

काठमाडौं, भदौ ४ : आगामी कात्तिक ६ देखि ८ गतेसम्म राजधानीमा आयोजना हुने गैरआवासीय नेपाली सङ्घ (एनआएनए) को दशौँ विश्व सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ।

अहिले परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवासँगै छ।

Hardik ivf

समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिव, लगानी बोर्ड नेपाल, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, गैरआवासीय नेपाली सङ्घलगायत सरोकारवाला निकायका उच्च अधिकारी  प्रतिनिधि रहनुभएको परराष्ट्र मन्त्रालयले बताएको छ। 

सरकारले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी, प्रविधि, सम्पर्क सञ्जाल र पहुँचलाई नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिएअनुरूप सङ्घको विश्व सम्मेलनलाई प्रत्येकपटक उच्चस्तरीय आयोजक समितिमार्फत सहयोग गर्दै आएको छ।

हरेक दुई वर्षको अन्तरालमा गैरआवासीय नेपाली सङ्घको विश्व सम्मेलन  नेपालमा हुँदै आएको छ। 

प्रकाशित मिति: १७:५१ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्