नेपाल आइडल-४ : निर्णायकमा शम्भुजित, सुगम र शिवानी, होस्टमा आसिफसँग रेश्मा पनि
काठमाडौं, भदौ ४ : फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडल सिजन ४ चाँडै नै दशर्कमाभफ आउँदैछ। तर अबको नेपाल आइडलमा हामीले तेस्रो सिजनसम्म...
काठमाडौं, भदौ ४ : फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडल सिजन ४ चाँडै नै दशर्कमाभफ आउँदैछ। तर अबको नेपाल आइडलमा हामीले तेस्रो सिजनसम्म लगातार रहँदै आएका निर्णायकहरू न्ह्युँ बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशीलाई भने देख्न पाउने छैनौ।ं
नेपाल आइडलको चौथो सिजनका लागि सबै नै निर्णायकमा नयाँ अनुहार आउने भएका छन्। नयाँ सिजनको निर्णायकमा वरिष्ठ संगितकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका शिवानी मोक्तानलाई नेपाल आइडलले अनुबन्धित गरेको छ।
नेपाल आइडल सिजन ४ का लागि दोस्रो सिजनदेखि होस्ट रहँदै आएका आसिफ शाहलाई होस्टका रुपमा हामी फेरि देख्न सक्नेछौं। तर दोस्रो सिजनमा होस्ट रहेकी माम्पी घोस भने चौथो सिजनमा अटाइनन्। उनको ठाउँमा मोडेल रेश्मा घिमिरे आउँदैछिन्। उनी ‘टिकटक’मा निकै चर्चित छिन्।
यसअघि फिजिकल अडिसन लिँदै आएको नेपाल आइडले यसपालि डिजिटल अडिसन लिइरहेको छ। भदौ १ गतेदेखि नै डिजिटल अडिसन सुरु भइसकेको छ। कोरोना महामारीले गर्दा यसपटक डिजिटल अडिसन लिइएको व्यवस्थापन पक्षले जनाएको छ।
आगामी मंसिर २३ गतेदेखि ‘नेपाल आइडल’ सिजन ४ को प्रसारण टेलिभिजनमा सुरु हुने व्यवस्थापन पक्षको भनाइ छ।












