Kathmandu Press

एमालेलाई एकताबद्ध बनाउन कर्णाली प्रदेश कमिटीकाे माग

सुर्खेत, भदौ ४ : एमाले कर्णाली प्रदेश कमिटीले १० बुँदे सहमतिको मर्मलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउन माग गरेको छ।सुर्खेतमा सम्पन्न बैठकले नेता...
एमालेलाई एकताबद्ध बनाउन कर्णाली प्रदेश कमिटीकाे माग

सुर्खेत, भदौ ४ : एमाले कर्णाली प्रदेश कमिटीले १० बुँदे सहमतिको मर्मलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउन माग गरेको छ।

सुर्खेतमा सम्पन्न बैठकले नेता तथा कार्यकर्तालाई पार्टीमा देखापरेका चुनौती सामना गर्दै एकताका पक्षमा गोलबन्द हुन आग्रह गरेको हो । 

बैठकका निर्णय सार्वजनिक गर्दै एमाले प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले पार्टीमा देखापरेका चुनौतीलाई समान गर्न आग्रह गरे। 

बैठकले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारमा गम्भीर हुन र खोप अभियानलाई पारदर्शी एवं प्रभावकारी रुपले सञ्चालन गर्न सरकारसँग माग गरेको छ। 

प्रकाशित मिति: १५:५२ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्