पारिवारिक विवादका मुद्दा सबभन्दा बढी
काठमाडौं, भदौ ४ : जिल्ला अदालत काठमाडौंमा सबैभन्दा धेरै पारिवारिक विवादका मुद्दा दर्ता भएको छ। उक्त विवादका ६ सय ३६ मध्ये ३ सय...
काठमाडौं, भदौ ४ : जिल्ला अदालत काठमाडौंमा सबैभन्दा धेरै पारिवारिक विवादका मुद्दा दर्ता भएको छ। उक्त विवादका ६ सय ३६ मध्ये ३ सय ६३ थान मुद्दा फर्छ्याेट गरिएको छ।
आर्थिक वर्ष ०७७/७८ को अन्त्यसम्म सम्बन्ध बिच्छेदका ४ सय २८ मुद्दामध्ये २ सय ८५, अंशबण्डाका १ सय ७२ मध्ये ७०, सम्पत्ती सम्बन्धी १ सय ६२ मध्ये ७२, बालबालिकासम्बन्धी ४१ मध्ये १७ र विवाहसम्बन्धी २० मध्ये दुईटा फर्छ्याेट भएको छ।
मुद्दाका प्रकृतिअनुसार फछ्र्योट गर्ने गरिएको र तीमध्ये पारिवारिक विवादका धेरै रहेको स्रेस्तेदार खुमप्रसाद भण्डारीले बताए। जिम्मेवारी सरी आएका र नयाँ गरी एक हजार ४५१ थान मुद्दामध्ये ६९६ फर्छ्याेट भएको ७५५ थान फर्छ्याेट गर्न बाँकी रहेको उनको भनाइ थियो।
आर्थिक वर्ष ०७५/७६ मा ७ सय २४, ०७६/७७ मा ९ सय ५३ र ०७७/७८ मा एक हजार ४ सय ५१ थान मुद्दा दर्ता भएकाले तीन वर्षयता मुद्दा दायर गर्ने क्रम बढ्दै गएको देखिएको छ। दुई वर्ष नाघेका ८२ थान मुद्दा बाँकी रहेको र ०५२ सालदेखिका २८ थान मुद्दा मुल्तबीमा रहेको बताइएको छ।












