‘वडाध्यक्ष शैक्षिक विकास’का लागि १० लाख सहयोग गर्ने ओलीको घोषणा
काठमाडौं, भदौ ४ : एमाले अध्यक्ष केपी ओलीले चन्द्रागिरि नगरपालिका-१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन्।उक्त...
काठमाडौं, भदौ ४ : एमाले अध्यक्ष केपी ओलीले चन्द्रागिरि नगरपालिका-१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन्।
उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले वडाध्यक्ष उत्तमबहादुर राउतले आफूले पाउने तलब सुविधा जम्मा गरी कोषको थालनी गरेका हुन्।
निर्माणाधीन सो वडास्थित भिराडिल खाइके साकुरा पार्क अवलोकनपछि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो।
उनले भने, ‘यो धर्तीमा काम नलाग्ने कुनै पनि त्यस्तो मानिस, वस्तु वा ठाउँ हुँदैन, त्यसको उदाहरण यो पार्क हो।’
प्रकाशित मिति: १५:३६ बजे, शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












